पोखरामा २ युवा लागूऔषधसहित प्रकाउ
पाेखरा | माघ २१, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पावरहाउसबाट २ जना युवालाई लागूऔषधसहित प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले शनिबार पोखरा ३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा २ जना युवालाई प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरा–३० खुदी बस्ने २२ वर्षीय पुकार छतकुल्ली र पोखरा–१५ नयाँगाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट डाईजापाम २६ एम्पुल, फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल गरी ७२ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

